गोरखा समाचारदाता
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।
मिर्गौला प्रत्यारोपण गर्न करिव ४ घन्टा लागको थियो । प्रत्यारोपण गरेको नयाँ मिर्गौलाले काम पनि गर्न थालिसकेको चिकित्सकहरुले बताएका छन् ।
बुधबार गरिएको मिर्गौला प्रत्यारोपण ओलीलाई भान्जीले दिएकी हुन् ।
प्राध्यापक डा.अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।
अपरेसनपछि निरिक्षणका लागि प्रधानमन्त्री ओलीलाइ कलेजो प्रत्यारोपणको आइसीयुमा रखिएको छ ।
मिर्गौला प्रत्यारोपण केन्द्रका प्रमुख डा.प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गरेको हो।
त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।
अस्पताल स्रोतका अनुसार अहिले प्रधानमन्त्री ओलीको होस खुलेको छ ।




















