गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा माईक्रो र टयाक्टर ठोकिएदा माईक्रो चालक घाईते भएको छ ।
गोरखा बजारबाट राजधानीको लागि छुटेको माईक्रो गोरखा सदरमुकामको हरमटारी चोकमा रोकिराखेको टयाक्टरमा गएर ठोकिएको हो ।
बसपार्कबाट राजधानीको लागि छुटेको बा. ५ ख ९४० नम्बरको माइक्रोबस बिपरित साइडमा रोकि राखेको लु. ४ त ५१८ नम्बरको ट्याक्टरमा ठोक्किएदा माईक्रो चालक काठमाण्डौं बुढानिलकण्ठका श्याम खत्री घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
दुर्घटनामा संलग्न माइक्रोबस आफ्नो साईड छोडेरे बिपरित साईड तर्फ रोकि राखेको ट्याक्टरमा ठोक्किन पुगेको थियो । ट्याक्टरको ढालामा ठोकिदा माईक्रोको अगाडीको भागमा क्षती पुगेको छ ।
दुर्घटनापछि चालकले आफुले केही नदेखेको प्रतिक्रिया दिएको छ । माईक्रो बसमा सवार यात्रुहरुका अनुसार चालकले मादक पर्दाथ सेवन गरेको हुन सक्ने अनुमान गरीएको छ ।
चालकलाई उपचार र स्वास्थ्य परिक्षणका लागि गोरखा अस्पताल लगिएको छ ।



