गोरखा समाचारदाता
गोरखा – शहिद लखन गाउँपालिकाले कृषक समुहलाई कोदो चुट्ने मेसिन बितरण गरेको छ ।
गाउँपालिका भित्रका ५ वटा कृषक समुहलाई ५० प्रतिशत अनुदानमा मेसिन बितरण गरेको हो ।
चालु आर्थिक बर्षको कृषक अनुदान तर्फको रकमबाट मेसिन गरीद गरेर समूहलाई बितरण गरीएको पालिकाले जानकारी दिएको छ ।
समूहलाई बितरण गरिएका मेसिनबाट १ घण्टामा ३ मुरीसम्म कोदो चुटन सकिने छ ।
शहिदलखनमा कोदो उत्पादन धेरै हुने गर्दछ । मेशिन वितरण पछि कृषकको समय बचत हुने र बचत भएको समयलाई अझै उत्पादनशिल काममा लाग्न पालिकाका अध्यक्ष रमेश थापामगरले किसानलालाई आग्रह गरे ।
मेशिन पाउनेमा वडा नम्बर ४ को ताक्लुङमा रहेको नव सृजना कृषि समुह, ५ को मास्कीछापमा रहेको हरियाली कृषक समुह, ६ को रानीस्वाँरा स्थित लालीगुँरास कृषक समुह, ७ को मकैपुर बुंकोटमा रहेको बनकाली कृषक समुह र वडा नम्बर ८ को गैरी चौतारामा रहेको सृजनशिल कृषक समुहलाई अध्यक्ष थापामगरले एक कार्यक्रम बिच मेसिन हस्तान्तरण गरेका थिए ।
बितरण गरिएको मेसिनले कोदो चुट्ने, भुस बत्ताउने र कोदो फल्ने काम गर्दछ । बितरण गरीएको मेशिन बजार मुल्य ७० हजार रुपैया पर्दछ ।


