गोरखा समाचारदाता
गोरखा – पालुङटार नगरक्षेत्रको विकासका लागि योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
पालिकाको योजनाबद्ध बिकासका लागि आवाधिक बिकास योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।
एकाउन्टीविलिटी इनिसियटिभ प्रा.लिले सहजीकरण गरेको गोष्ठीमा पालुङटार नगरपालिकाको बिकास आयोजना, आगामी रणनीति लगायतका बिषयमा छलफल भएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले आवाधिक योजनाको अबधारण र औचित्यको बारेमा आफ्नो धारणा राखेका थिए ।
२ दिन सम्म चलेको कार्यक्रममा सहभागि अन्य बिज्ञहरुले प्रभावकारी योजनाहरु मात्र तर्जुमा गर्न सुझाव दिएका थिए ।
नगरप्रमुख दिपकबाबु कंडेलको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा गोरखा क्षेत्र नम्बर २ अन्तरर्गत प्रदेशसभा (ख)का प्रदेशसभा सदस्य हरिशरण आर्चाय, पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेल, डा.शेषरमण न्यौपाने, प्रसासकिय अधिकृत तेजराज शर्मा, सरोज देवकोटा, जनप्रतिनिधिहरु, कर्मचारीहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।


