गोरखा समाचारदाता
सुर्खेत – सुुर्खेतको रातानाङ्ला धरमपोखरा सडकखण्ड यात्रु वाहक जिप दुुर्घटना हुुँदा ३ जनाको ज्यान गएको छ भने ४ जना गंभिर घाईते भएका छन ।
बुधबार दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ज ०००७ नम्बरको जिप वीरेन्द्रनगर नगरपालिका वडा नं १५ स्थित रातानाङ्ला धरमपोखरा सडकखण्डमा पर्ने राउटे गल्छेनामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परी गम्भिर घाइते भएकाहरुलाई उपचारको लागि वीरेन्द्रनगर ल्याएको छ । उत्त जिपमा ७ जना सवार रहेका थिए ।
जिप सडकबाट करिब ४०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । अचानक जिप अनियन्त्रित हुदा दुुर्घटना भएको थियो।
मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन ।


