गोरखा समाचारदाता
काठमाण्डौँ – राष्ट्रिय सभामा हालै निवार्चित नयाँ सदस्यहरुको सपथ कार्यक्रम सम्पन्न भएको छ ।
सङ्घीय संसद् राष्ट्रियसभामा ६ वर्षे कार्यकालका लागि पद तथा गोपनीयताको शपथ सम्पन्न भएको हो ।
उनीहरुलाई नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का २ सदस्य हुन । कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उनीहरुलाई सांसदको लोगो लगाइदिनुका साथै बधाई समेत दिएका थिए ।
सपथमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर सहभागि भएका थिए।


