गोरखा समाचारदाता
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अपरेशन थिएटरमा लगिएको छ ।
बिहान ९ बजे देखी अपरेशन गर्ने भनिएता पनि केही समय ढिला गरी प्रधानमन्त्री वलीलाई अपरेशन थिएटरमा लगिएको हो ।
अस्प्ताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन लागेकी उनकी भान्जी समीक्षा संग्रौलालाई पनि यसअघि नै अपरेशन थिएटर लगिसकिएको छ ।
प्रत्यारोपणका लागि करिब ५ घन्टा लाग्ने बताइएको छ।


