गोरखा समाचारदाता
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला ज्ञवालीलाई अपरेशन थिएटरमा लगिएको छ ।
प्रधानमन्त्री ओलीको उनको भान्जी नाता पर्ने उनलाई मिर्गौला झिक्नका लागि अपरेशन थिएटरमा लगिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया ९ बजेबाट शुरु हुने भनिएपनि केही समय ढिला हुने भएको छ । प्रत्यारोपणका लागि करिब ५ घन्टा लाग्ने बताइएको छ।
मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार सबै स्वास्थ्य परीक्षण गरिएको थियो।
प्रत्यारोपणको नेतृत्व अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा.प्रेम ज्ञवालीले गर्ने छन् । उनी संग भारतीय २ चिकित्सक सहित ३२ जना स्वास्थ्यकर्मी रहनेछन ।


