गोरखा समाचारदाता
काठमाण्डौं – शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आवश्यक औषधी चलाउन सुरु गरीएको छ ।
दोस्रो पटक मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना भएका हुन ।
अस्पतालले मृगौला प्रत्यारोपणको तयारीका लागि आवश्यक औषधिहरु दिन सुरु गरेको जानकारी दिएको छ ।
विभिन्न विशेषज्ञहरुले प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरी रहेको छ ।
प्रत्यारोपण अगाडी गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गर्ने काम मंगलबार नै सम्पन्न भई सकेको छ ।
अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेमकृष्ण खड्गाले हालसम्म प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको र विशेषज्ञ चिकित्सकहरुको निगरानीमा रहेको बताए ।


