गोरखा समाचारदाता
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको आज (बुधबार) बिहान ९ बजेबाट हुने भउको छ ।
प्रा.डा.प्रेम ज्ञवलीका अनुसार बिहान ९ बजेदेखि प्रत्यारोपणको प्रक्रिया शुरु हुनेछ ।
मिर्गौला प्रत्यारोपणका लागि प्रि ट्रान्सप्लान्ट डायलाइसिस र अन्य स्वास्थ्य परीक्षणको काम सम्प्न्न भएको छ ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ । ओलीले पहिलो पटक भारतमा मिगौला प्रत्यारोपण गरेका थिए ।
प्रत्यारोपणका लागि ३२ जनाको टोली तयारी अवस्थामा रहेका छन । टोलीमा २ जना भारतीय चिकित्सक समेत समावेश हुने छन ।


