गोरखा समाचारदाता
काठमाण्डौं – अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले मन्त्री पदबाट राजिनामा दिएको छ ।
डा.खतिवडाको राष्ट्रिय सभा सदस्य पद बुधबारबाट समाप्त हुने भए पछि उनले आजै राजिनामा दिएकोे हो ।
राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उनले सम्हाल्दै आएको मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने उल्लेख गरीएको छ ।
डा.खतिवडालाई पुनः मनोनित गरी सोही मन्त्रालय दिने बिषयमा पार्टी भित्र छलफल भई रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।


