गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसको आशंकामा राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका ४ जना बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ ।
परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशालाले जानकारी दिएको छ ।
चीनबाट १ जना र कोरियाबाट आएका ३ जना गरी ४ जना बिरामीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।
उनीहरूमा ज्वरो र रुघाखोकी जस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको मा १९ जना घर फर्किसकेको प्रयोगशालाले जानकारी दिएको छ ।
नेपालमा झन्डै ७ हप्ताअघि १ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो तर त्यसपछि अरू कसैमा पनि सङ्क्रमण देखिएको छैन ।




















