गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरसका कारण अमेरिकामा मात्रै ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ ।
सोमबार २ जनाको ज्यान गए पछि वाशिङ्टन प्रान्तमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो ।
अमेरिकामा ६०० भन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।
अमेरिकी सरकारले आवासीय क्षेत्रमा निगरानी बढाइएको छ । उच्च तापक्रम, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएकालाई विशेष प्राथमिकतामा राखेको छ । जो कोहीलाई पनि कोरोनासम्बन्धी लक्षण देखिएमा आइसोलेशनमा राखिने व्यवस्था गरिएको छ ।
कोरोना अहिले विश्वका ६२ राष्ट्र भन्दा बढी देशमा देखि सकेको छ ।




















