गोरखा समाचारदाता
गोरखा – गोरखाको सोतीबाट ८ जना चीनीयाँ पक्राउ परेका छन ।
श्रम इजाजत बिनै काम गरी रहेका चीनीयाँहरुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
आरुघाट गाउँपालिका ३ मा पर्ने सोतीमा निर्माण हुन लागेको नौलो नेपाल हाइड्रो पावर कम्पनीको अपर बुढीगण्डकी जलबिद्युत आयोजनामा बिना श्रम स्विकृती काम गरी रहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन ।
पक्राउ परेका सबैलाई विशेष सुरक्षाका साथ सोमबार नै राजधानी स्थित अध्यागमन विभागमा पुरयाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए । अधिकारीका अनुसार हप्ता दिन अगाडी नै उनीहरुलाई आवश्यक कागजात पेश गर्न भनिएता पनि पेश नगरे पछि पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा ट्याङ जुन, ट्याङ गुवाङलिन, ट्याङ युजेन, ट्याङ डाक्वीङ, ट्याङ जियानहुवा, लिङघु केशेङ, याङ चुन र याङ जियाचुन रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
चीन देखी १५ जनाको समूहमा आएका उनीहरु मध्ये बिचैमा काम छाडेर गएका मध्ये ८ जनालाई प्रहरीले सोमबार पक्राउ गर्न सफल भएको थियो ।




















