गोरखा समाचारदाता
गोरखा – चीन संग सिमाना जोडीएको गोरखाको उत्तरी क्षेत्रको २ वटा नाका आज देखी बन्द गरीएको छ ।
कोरोनाका कारण चीन संग जोडीएको छेकम्पार र सामागाउँको २ वटा नाका तत्कालको लागि बन्द गरीएको हो ।
चीनको तिब्बत संग जोडिएको दुवै नाकाबाट आउ जाउमा रोक लगाईएको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले आज सूचना जारी गरेको छ ।
अति विकट मानिएको दुवै नाकाबाट मानिसहरु आउ जाउमा निगरानी गर्न छेकम्पार, सामागाउँ र लार्के प्रहरी चौकी प्रोकलाई निर्देशन दिई सकेको प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।




















