गोरखा समाचारदाता
काठमाण्डौँ – नेपाल सरकारले चीन, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई ‘अनअराइभल’ भिसामा रोक लगाएको छ ।
गृह मन्त्रालयले चीनको हङकङसहित ५ देशका नागरिकलाई मार्च ७ देखि मार्च ३१ सम्म अनअराइभल भिसामा रोक लगाएको हो ।
अब देखी ती देशका नागरिक नेपाल आउनु परे सम्बन्धित देशमै रहेका नेपाली राजदूतावास र कूटनीतिक नियोगमार्फत भिसा लिनुपर्ने छ । अहिले पनि नेपालमा इराकसहित १३ मुलुकका नागरिकलाई अनअराइभल भिसा सुविधा छैन ।
आइतबार मन्त्रिपरिषद् बैठकमा कोरोना प्रभावित मुलुकबाट आउने नागरिकलाई भिसा जारी गर्ने बिषयमा कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।
सोमबार नै गृहले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर अध्यागमन विभागमार्फत ५ मुलुकका नागरिकलाई अनआराइभल भिसामा तत्कालका लागि रोक लगाएको हो ।


