गोरखा समाचारदाता
काठमाण्डौं – अमेरीकामा एक सातामा कोरोना भाइरसको सङ्क्रमणबाट अर्को व्यक्तिको पनि ज्यान गएको छ ।
न्यूयोर्क टाईम्सले जनाए अनुसार गएको सोमबार १ जनाको ज्यान गएको थियो भने यो हप्ताको आइतबार पनि अर्को १ जनाको ज्यान गएको हो ।
वासिंगटनको किङ्ग काउन्टीमा रहेको अस्पतालमा उपचार गराईरहेका ७० वर्षीय पुरुषको ज्यान गएको अमेरिकी स्वास्थ्य अधिकारीले पुष्टि गरेको खबरमा लेखिएको छ ।


