गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या ३ हजार नाघेको छ ।
कोभिड–१९ नाम दिएको कोरोना भाइरसको सङ्क्रमणका कारण आईतबार सम्म ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको हो ।
चीनको वुहानबाट सुरु भएको यो रोगले चीनमा मात्रै २ हजार ९१२ जना र चीनबाहिर १४१ जनाको ज्यान लिइ सकेको छ ।
यस्तै गरी इरानमा ५४, इटलीमा ४१ र दक्षिण कोरियामा २२ जनाको ज्यान गएको छ भने यो रोग अहिले ६८ देशमा फैलिएको विश्व स्वास्थ संगठनले जनाएको भन्दै बिबिसीले जनाएको छ ।
यो रोगका कारण संक्रमित हुनेहरुको संख्या अहिले सम्म ९० हजार नाघी सकेको छ ।
चीनमा कोरोनाबाट सङ्क्रमित भएकामध्ये उपचारपछि ४५ हजार १४४ जना घर फर्किएका छन् ।


