गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल सरकारले कोरोना कहरबाट बच्नका लागि कुनै पनि ठुला सभा, सम्मेलन र भोजभतेर नगर्न आग्रह गरेको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरे लगत्तै नेपाल भ्रमण बर्ष स्थगित गरीएको छ भने कुनै पनि ठुला सभा, सम्मेलन तथा भोजभतेर नगर्न नेपाल सरकारले आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ठूला सभा, सम्मेलन नगर्न आग्रह गरेका हुन्।
उनले विश्वभरि कोरोना भाइरसको जोखिम बढिरहेका बेला अन्तर्राष्ट्रिय हवाई उडान पनि रोक्ने विषयमा छलफल भइरहेको जानकारी दिएका थिए ।
सरकारले त्रिभुवन विमानस्थलको स्वास्थ्य सहायता कक्षमा थप जनशक्ति र ज्वरो नाप्ने मेसिन राख्ने जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो । विमानस्थलमा थप जनशक्ति र ६ वटा मेसिन राखेर कोरोना संक्रमणको परिक्षण गर्ने तयारी भई रहेको मन्त्री ढकालले भने ।




















