गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल सरकारले विश्वभर कोरोना भाइरस फैलिँको भन्दै नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले नेपाल भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय लिएको हो।
अब नेपाल भ्रमण वर्ष सन् २०२२ मा आयोजना गर्ने विषयमा मन्त्रिपरिषमा छलफल भएको थियो । महामारीकै रुपमा विश्वका ६० देशमा कोरोना भाईरस फैलि सकेको छ ।
पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम गएको सनिबार देखी रद्द गरेको थियो।


