गोरखा समाचारदाता
काठमाण्डौ – कोरोना भाईरसका कारण अमेरिकामा पनि १ जनाको ज्यान गएको छ ।
अमेरिकाको वाशिङ्टनमा उपचारको क्रममा १ जनाको ज्यान गएको अमेरिकी सरकारले पुष्टि गरेको छ । कोरोना कै कारण अमेरिकी नागरिकको ज्यान गए पछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको खतरा भएता पनि खतरासँग लड्न अमेरिका तयार रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाले चीन र इरानसँगको यात्रामा कडाइ संगै इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ ।
विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको यो रोगबाट अहिले सम्म ८६ हजार भन्दा बढी नागरिकहरु संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।


