गोरखा समाचारदाता
काठमाण्डौं – विश्व अर्थतन्त्रलाई समेत हल्लाई रहेको कोरोनाबाट अहिले सम्म विश्वभरीमा २ हजार ८ सय जना भन्दा बढीको ज्यान गएको ८३ हजार भन्दा बढी मानिस संक्रमीत भएका छन ।
विश्व स्वास्थ्य संगठनले विहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वभरीमा २ हजार ८५२ जनाले ज्यान गुमाएका छन । सोही भाईरसका कारण ८३ हजार ६५२ जना संक्रमीत भएका छन ।
बिहीबार सार्वजनिक गरेको तथ्याङकअनुसार चीनमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या २ हजार ७९१ पुगेको छ । त्यस्तै गरी ७८ हजार ९६१ जनामा संक्रमीत भएको पुष्टि भएको छ ।
चीनभन्दा बाहिरमा ६१ जनाको ज्यान गई सकेको छ भने ५१ देशमा ४ हजार ६९१ जनामा संक्रमीत भएको पुष्टि भएको छ ।
विश्व विश्व स्वास्थ्य संगठनका अनुसार चीन विश्वव्यापी तथा क्षेत्रीय रुपमा अति उच्च जोखिममा परी सकेको छ । यो रोग विस्तारै अन्य देशहरुमा पनि फैलङ्गदै गएकाले विश्वव्यापी रुपमै सबैले सतर्कता अपनाउनु पर्नेमा जोड दिएको छ ।


