गोरखा समाचारदाता
काठमाण्डौं – पाकिस्तान अहिले बालिनाली नष्ट गर्ने सलहसंग लडि जुधी रहेको छ । बालिनाली नष्ट हुन लागेको भन्दै छिमेकी देश चीनले पाकिस्तानमा आफ्ना १ लाख हाँस पठाउने तयारी गरेको छ ।
कृषि विज्ञहरुका अनुसार सामान्य तया पनि १ हाँसले प्रतिदिन २०० भन्दा बढी सलह खान्छ र हाँस कीटनाशकभन्दा बढी प्रभावकारी हुन सक्छ । लाखौँ सलहहरूले पूर्वी अफ्रिकामा पनि बालीनाली नष्ट गरिसकेको छ ।
यसै बिच चीन सरकारले पाकिस्तानलाई सलहविरुद्ध लक्षित कार्यक्रम तयार गर्न विज्ञहरूको एउटा टोली पठाउन लागेको घोषणा समेत गरी सकेको छ ।
जजीयाङ् एकेडेमी अफ एग्रिकल्चर साइन्सेसका वरिष्ठ अनुसन्धानकर्ता लु लीझहीले हाँसहरू जैविक हतियार भएको बताएका छन् । उनका अनुसार एउटा कुखुराले प्रतिदिन करिब ७० वटा सलह खान सक्छ भने हाँसले ३ गुणाभन्दा बढी सलह खान सक्ने उनले दावी छ ।
हाँसहरू समूहमा बस्न रुचाउँछन् त्यसकारण कुखुराभन्दा उनीहरूलाई व्यवस्थापन गर्न सहज हुने उनले चिनियाँ सञ्चारमाध्यमलाई जानकारी दिएको भन्दै बिबिसीले लेखेको छ । पाकिस्तानको सिन्ध, बलोचिस्तान र पन्जाब प्रान्तमा ती हाँसहरू पठाइने तयारी पुरा भएको छ।


