गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिका भित्र निर्माण सम्पन्न भएको विभिन्न ९ योजनाहरु हस्तान्तरण भएको छ ।
गोरखा नगरपालिका, कतार रेडक्रेसेन्ट र युएनडिपीको संयुक्त लगानीमा नगरपालिकाको २, ४ र ६ वडामा सम्पन्न योजनाहरु हस्तान्रण गरीएको हो ।
उत्त वडामा हालै निर्माण सम्पन्न भएका स्वास्थ्य, शिक्षा र खानेपानी तथा सिञ्चाई योजनाहरुको नेपालका लागि कतारका राजदुत युसूव विन मोहम्मद अल हैल र गोरखा नगरपालिका मेयर राजनराज पन्त सहितको टोलीले उदघाटन गरी सरोकारवालाहरुलाई हस्तान्रण गरीएको छ ।
हस्तान्तरण गरीएका योजनाहरुमा सदरमुकाममा रहेको गोरखा अस्पताल भित्र निर्माण भएको फोहर ब्यवस्थापन गृह, ताप्लेमा निर्माण भएको शहरी स्वास्थ्य भवन, मदरसा भवन, खानेपानी आयोजना र सिंचाई आयोजनाहरु रहेका छन ।
यो योजनाका लागि गोरखा नगरपालिकाले १ करोड ५९ लाख ७५ हजार १४०, कतार रेडक्रेसेन्टले १ करोड ३४ लाख ७१ हजार ७२१ र यूएनडिपीले ५१ लाख ७० हजार रुपैयाँका साथै उपभोत्ताहरुले ३१ लाख ३८ हजार ९०० बराबरको श्रमदान छ गरेको गोरखा नगरपालिकाले जानकारी दिएको छ ।
यसै बिच निर्माण सम्पन्न योजनाहरुको उदघाट्न गर्दै नेपालका लागि कतारी राजदुत हैलले योजना निर्माण संगै स्थानिय खुशी भएकोले आफुलाई आत्मा सन्तुष्टी मिलेको बताए । योजनाहरुको उदघाट्न पछि स्थानियहरु संग अन्रसंबाद गर्दै राजदुत हैलले गोरखाको बिकासमा कतार साझेदार बन्न तयार रहेको समेत बताए ।
ताप्लेको शहरी स्वास्थ्य भवनमा भएको कार्यक्रममा शहरी स्वास्थ्य भवन र मदरसाका लागि निशुल्क जग्गा दिनेहरुलाई समेत सम्मान गरीएको थियो ।
गोरखा नगरपालिका मेयर राजनराज पन्तको सभापतित्वमा भएको कार्यक्रममा युएनडिपीका नेपाल स्थित आवासिय प्रतिनिधि आइसानी लाबे, कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सह सचिव चन्द्रकला पौडेल, कतार रेडक्रेसेन्टका नेपाल प्रतिनिधि अब्दुल मुनीम, उप मेयर बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, वडा अध्यक्ष रहमतुल्ला मियाँ, उपभोत्ता समितिका तर्फबाट मोहन राना र उपभोत्ताका तर्फबाट कमला श्रेष्ठले योजनाका बिषयमा आ–आफ्नो धारणा राखेका थिए ।


