गोरखा समाचारदाता
महोत्तरी – आज (बिहीबार) कार दुर्घटनामा परी सिपी मैनाली गंभिर घाईते भएको छ ।
पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव मैनालीको परिवार सहित चढेको कार महोत्तरीको बर्दीवास नगरपालिका वडा नं–३ कालापानीमा दुर्घटना भएको हो ।
गम्भीर अवस्थामा रहेका मैनालीलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको महोत्तरी प्रहरी जनाएको जनाएको छ ।
झापाबाट काठमाण्डौ जादै गरेको मैनाली चढेको बा. ७ च २१२० नम्बरको कार बर्दिवासको वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना. ४ च ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको थियो ।
कारमा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा ढुंगाना मैनाली, नाति पी एन् मैनाली र कार चालक रामप्रसाद पौड्याल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा सीपी मैनालीको खुट्टा, निधार र अनुहारमा गम्भीर चोट लागेको छ । बुहारी पूजाको दुवै खुट्टा भाँचिएको छ । अरु सामान्य घाइते भएका छन्।


