गोरखा समाचारदाता
काठमाण्डौं – चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस ४८ देशमा फैलि सकेको छ ।
कोरोनाका कारण २ हजार ८०४ जनाको ज्यान गई सकेको छ । विश्वभरी यो रोगका कारण ८२ हजार १६६ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । चीनमा मात्रै २ हजार ७४७ जनाको ज्यान गएको छ ।
कोरोनाले इरानमा १९, दक्षिण कोरियामा १३, इटालीमा १२, जापानमा ७, फ्रान्स र हङकङमा २/२ तथा ताइवान र फिलिपिन्समा १/१ जनाको ज्यान गएको छ ।
यो भाईरसका कारण चीनमा मात्रै ३२ हजार ५०७ जना र चीनबाहिर ३१० जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् ।


