गोरखा समाचारदाता
सिरहा – सिरहामा रोकि राखेको ट्रकमा मोटरसाईकल ठोकिदा १ जनाको ज्यान गएको छ ।
जिल्लाको कर्जन्हा नगरपालिका ४ मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा सिरहाको कल्याणपुर नगरपालिका ८ का विपया दासको ज्यान गएको हो ।
घटना लगत्तै अस्पताल पुरयाईएका दासको उपचारको क्रममा ज्यान गएको सिरहा प्रहरीले जानकारी दिएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक २७ वर्षीय सोनिया दास समेत घाइते भएका छन् ।
बिग्रिएर सडक छेउमा रोकेर राखिएको ना. ३ ख ९०२४ नम्बरको ट्रकमा स. ८ प ७७१२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।


