गोरखा समाचारदाता
काठमाण्डौं – भारतको नयाँ दिल्लीमा भएको नागरिकता संशोधन कानुनको विरोधमा भएको हिंसात्मक झडपमा परी चौथो दिन सम्ममा २७ जनाले ज्यानगुमाई सकेको छ ।
दिल्लीको उत्तर–पूर्वी इलाकामा नागरिकता संशोधन कानुनको विरोधमा भएको हिंसामा बुधबारसम्म २७ जनाको ज्यान गएको दिल्ली प्रहरीले जानकारी दिएको हो ।
ज्यान गुमाउनहरु मध्ये जीटीबी अस्पतालमा २५ र जेपी अस्पतालमा २ जनाको ज्यान गएको छ। प्रदर्शनका क्रममा २५० जना घाइते भएका छन् ।
हिंसा वडदै जान थाले पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्व साधारणलाई शान्ति बनाई राख्न र भाइचारालाई नबिर्सन आग्रह गरेका छन् । यसै बिच दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले हिंसा प्रभावित इलाकामा सेना तैनाथ गरिने बताए ।
दिल्ली प्रहरीले हिंसामा अहिलेसम्म १८ वटा घटना दर्ता भएको र १०६ जनालाई गिरफ्तार गरिएको जानकारी दिएको छ ।
हिंसाले उग्र रुप लिएपछि केन्द्रीय गृह मन्त्री अमित शाहले ३ पटक बैठक बोलाइसकेका छन् ।




















