गोरखा समाचारदाता
काठमाण्डौं – भारतको राजधानी दिल्लीमा हिंसा भडकिदा ज्यान गुमाउनेहरुको सख्या १३ पुगेको छ । भारतीय संचार माध्यामका अनुसार उत्तर पूर्वी इलाकामा केही दिन अगाडी देखी जारी हिंसामा ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको हो ।
अहिले दिल्लीमा रहेका धेरै जसो अस्पतालमा हिंसाबाट पिडितहरुले भरीभराउ भएका छन । सोमबार मात्रै पनि ८१ जनाको घाईते अवस्थामा अस्पतालमा उपचार भई रहेको थियो । मंगलबार पनि घटनाले उग्र रुप लिएको थियो । मंगलबार ६९ जना घाईतेलाई अस्पताल भर्ना गरीएको थियो ।
यसै बिच दिल्ली पुलिसका डीसीपी मनदीप सिंह रंधावाले पत्रकार सम्मेलन गर्दै हिंसा र त्यससँग जोडिएको कारवाहीबारे जानकारी गराएका थिए । रंधमवाका अनुसार सोमबारदेखि सुरु भएको हिंसामा अहिलेसम्म १० जनाको ज्यान गइसकेको छ । यीमध्ये ९ जना सर्वसाधारण छ एकजना भारतीय प्रहरीका हेड कन्स्टेबल रतन लाल हुन् ।
रंधावाका अनुसार दिल्ली पुलिसका ५६ जना घाइते भएका छन् । उत्तरी–पूर्वी दिल्लीमा पर्याप्त मात्रामा प्रहरी तैनाथ गरिएका छन् । अर्धसैनिक बलमा सीआरपीएफ र एसएसबी जवानहरु सुरक्षामा खटीएका छन् । यीबाहेक ग्राउन्डमा पेट्रोलिङका अन्य थुप्रै तरिकाले निगरानी गरीएको बताए । रंधावाले दिल्ली निवासीलाई अपिल गर्दै कानून हातमा नलिन अनुरोध समेत गरे । असामाजिक तत्वविरुद्ध कडा कारवाही गरिने भन्दै ड्रोन र सिसिटीभी रेकर्डिङको पनि अनुसन्धान गरिरहेका जानकारी दिए ।


