गोरखा समाचारदाता
काठमाण्डौं – हलिउड फिल्म निर्माता हार्वी वाइनस्टिन यौन दुर्व्यवहार र बलात्कार मुद्दामा दोषी देखिएको छ ।
५ जना महिला र ७ जना पुरुषको ज्युरीले ५ दिनसम्म विचार विमर्श गरेपछि वाइनस्टिन ‘थर्ड डिग्री रेप’ र ‘फर्स्ट डिग्री’ आपराधिक यौन गतिविधिमा दोषी देखाएको हो।
वाइनस्टिनविरुद्ध ८० जनाभन्दा धेरै महिलाहरुले यौन दुर्व्यवहारको आरोप लगाएका थिए । यो विषयमा उनलाई २५ वर्षसम्मको सजाय हुन सक्ने अनुमान गरीएको छ ।
वाइस्टिनमाथि २ जना महिलालाई बलात्कार र यौन आक्रमण गरेको आरोपमा लस एन्जेल्समा मुद्दा चलिरहेको थियो ।
चर्चित अभिनेत्री एन्जेलिना जोली र ग्विनेथ पाल्त्रोव लगायत हलिउडसँग जोडिएका महिलाहरुले हार्वी वाइनस्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । त्यसपछि विश्वभरका महिलाहरुले आफूसँग भएको यौन दुर्व्यवहारको अनुभव सामाजिक सञ्जालमा शेयर गरेका थिए ।
वाइनस्टिनलाई हलिउडको सबैभन्दा शक्तिशाली मानिन्छ ।


