गोरखा समाचारदाता
काठमाण्डौं – आज (मङ्गलबार) देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने अनुमान गरीएको छ ।
मौषम पूर्वानुमान शाखाले जारी गरेको सूचना अनुसार पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले मङ्गलबार देशभरिकै मौसममा आशिंक देखि सामान्य बदली सहित केही स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना जनाएको छ ।
बुधबारदेखि मौषमा सुधार आउने भएता पनि पूर्णरुपमा सफा हुन भने अझै केही दिन लाग्ने शाखाले जनाएको छ ।


