गोरखा समाचारदाता
काठमाण्डौं – राजधानीको टोखामा मोटरसाइकल दुर्घटनामा परी १ जना पुरुषको ज्यान गएको छ ।
ना. १६ प ९१३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा नुवाकोट पञ्चकन्या गाउँपालिका २ का हितबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको हो ।
सोही मोटरसाइकलमा सवार नुवाकोट शिवपुरी गाउँपालिका २ का सुनिल थापाको भने शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।


