गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा सोमबार सुनको भाउ तोलाको ८० हजार ३०० पुगेको छ । आईतबारको तुलनामा सोमबार तोलामा १ हजार ५०० रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले दिएको जानकारी अनसार यो मुल्य अहिलेसम्मकै उच्च भाउ हो ।
चीनलगायत विश्वका अन्य देशहरुमा पनि कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दै जान थालेकोले विश्व बजारमा नै सुनको भाउ भाउ आकासिएको महासंघका तेजरत्न शाक्यले बताए ।
आज चाँदीको भाउ समेत बढेको छ । आज चाँदीमा ५ रुपैयाँ बढेर तोलाको ९२५ रुपैयाँ पुगेको छ ।




















