गोरखा समाचारदाता
काठमाण्डौं – राजधानीको ललितपुर र भक्तपुरमा भएको भिन्न २ घटनामा परी ३ जनाको ज्यान गएको छ ।
सोमबार बिहान ४ बजेतिर ललितपुरको बालकुमारीमा मोटरसाइकल सडकको रेलिङमा ठोक्किंदा २ जनाको ज्यान गएको छ भने आईतबार बेलुकी भक्तपुरको च्यामासिंहमा ट्रकको ठक्करबाट १ जनाको ज्यान गएको हो ।
सोमबार बिहान बा. ३८ प ८३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक काठमाण्डौ लाजिम्पाटका दिवसकिशोर भट्टराई र मोटरसाइकलको पछाडि बसेकी ललिता राईको ज्यान गएको छ ।
दुर्घटनामा घाईते दुबै जनाको उपचारको क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको हो ।
यस्तै गरी आईतबार साँझ बा. ३ क ३५८८ नम्बरको ट्रकको ठक्करबाट ११ वर्षीय बालक तिलक मकाजुको ज्यान गएको प्रहरीले जनाकारी दिएको छ ।


