गोरखा समाचारदाता
काठमाण्डौं – आईतबार साँझ देखी मौषममा परिवर्तन हुने भएको छ । मौषममा आएको परिवर्तनका कारण देशका पहाडी भूभागहरुमा पानी पर्ने अनुमान गरिएको छ ।
मौषम पूर्वानुमान शाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र स्थानिय वायूको प्रभावका कारण पहाडी भूभागमा मौसम बद्ली भइ पानी पर्ने अनुमान गरीएको हो ।
पश्चिमी वायुको प्रभावका कारण भोली सोमबार सम्म पनि केही स्थानमा पानी पर्ने अनुमान गरीएको छ ।
अहिले देशभरको मौसम आंशिक बद्ली भएको छ । राति पनि मौसक बद्ली नै रही केही ठाउँमा हल्का पानी पर्ने महाशाखाले जनाएको छ ।
मौसममा आएको बद्लीका कारण पूर्वी, पश्चिमी र मध्य पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने अनुमान गरीएको छ । चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।




















