गोरखा समाचारदाता
काठमाण्डौं – आज (आईतबार) प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले उनीहरु बिरुद्व अख्तियारमा आज उजुरी दर्ता गराएका हुन ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग पूर्व मन्त्री बाँस्कोटाले ७० करोड ‘कमिसन’ मागेको अडियो प्रधानमन्त्रीले डेढ महिना अघि नै पाएको भएता पनि संलग्नहरुलाई कारवाहीका नगरेको भन्दै प्रधानमन्त्री ओलीसहित ४ जनालाई कारवाहीको माग गरेका छन् ।
उजुरी कर्ताले प्रधानमन्त्री ओली पूर्व मन्त्री बाँस्कोटा सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध उजुरी दर्ता गएका हुन् ।
आइतबार नै विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले बाँस्कोटालाई कारवाहीको माग गर्दै उजुरी दिएका थिए ।




















