×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

छाया मन्त्रीलाई कांग्रेसको निर्देशन- मन्त्रालयका भ्रष्टाचार गहिरोसँग खोज्नू

  •  
  • आइतबार, फागुन ११, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सरकारका कामकारबाही नजिकबाट अध्ययन गरी खबरदारी गर्न गठित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको ‘छाया मन्त्रीहरूको बैठक’ आइतबार बसेको छ।

    गठन भएको नौ महिनापछि पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा मन्त्रालय हेर्ने जिम्मेवारी पाएका संयोजक (छाया मन्त्री) ले प्रतिवेदन पेश गरेका थिए।

    सरकारले विगत नौ महिनामा गरेका कामकारबाहीबारे संयोजकहरूले सभापति शेरबहादुर देउवालाई प्रतिवेदनसमेत पेश गरेका छन्।

    कांग्रेसले २१ मन्त्रालय हेर्न आफ्ना सांसदलाई जिम्मेवारी दिँदै गत जेठ ६ गते ‘छाया मन्त्रीमण्डल’ बनाएको थियो। उक्त मन्त्रीमण्डलको पहिलो बैठक आइतबार बसेको हो।

    बैठकमा अधिकांश संयोजक (छाया मन्त्री) ले सरकारका कामकारबाही जनहित विपरीत रहेकोले पार्टी शसक्त रूपमा प्रस्तुत हुनुपर्ने बताएका थिए।

    बैठकले सरकारका गतिविधि नजिकबाट नियाल्न संयोजक तथा सदस्यहरूलाई निर्देशन दिएको छ।

    बैठकका निर्णयबारे सेतोपाटीलाई जानकारी दिँदै राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले मन्त्रालयमा हुने भ्रष्टाचारलगायत विषय खोजेर बाहिर ल्याउन निर्देशन दिइएको बताए।

    ‘एकपछि अर्को भ्रष्टाचार बाहिर आइरहेका छन्। सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गत हुन गएका भ्रष्टाचारहरू पछिल्लोपटक पर्दाफास भयो,’ पाण्डेले सेतोपाटीसँग भने, ‘मन्त्रालय हेर्ने जिम्मेवारी दिएका हाम्रा साथीहरूलाई यस्ता भ्रष्टाचारजस्ता क्रियाकलाप सबै मन्त्रालयमा हुन सक्छन्। त्यसलाई गहिरोसँग अध्ययन गर्नुपर्‍यो, खोज्नु पर्‍यो र ती घटनाहरूलाई बाहिर ल्याउनुपर्‍यो भनेर निर्देशन दिइएको छ।’

    Image may contain: 4 people, people smiling, people sitting, table and indoor

    २१ मन्त्रालय हेर्दै आएका संयोजक र सदस्यहरू (सांसद) लाई क्रियाशीलताका साथ काम गर्न पनि निर्देशन दिएको उनले बताए। ‘अलि क्रियाशील र गतिशील हुने गरी काम गर्न पनि भनेका छौं,’ उनले भने।

    आफूले जिम्मेवारी पाएका मन्त्रालयका राम्रा/नराम्रा कामबारे सांसदहरूले बैठकमा जानकारी गराएको उनले बताए। ‘यो पहिलोपटक समीक्षा बैठक बसेको हो। अब हरेक महिना बैठक बस्छौं,’ पाण्डेले भने, ‘मन्त्रालयहरूमा हुने भ्रष्टाचारजन्य क्रियाकलाप राम्रोसँग खोज्नुपर्‍यो भन्नेमा यो बैठकले जोड दिएको छ।’

    सरकारले नीतिगत रूपमा ल्याउने विधेयकहरूमा पनि चनाखोपूर्वक सहभागिता जनाउने र पार्टीगत धारणा राख्न पनि निर्देशन दिइएको छ। ‘सम्बन्धित मन्त्रालय अन्तर्गत बनेका विधेयक छन् भने ती विधेयक कस्ता आएका छन्? त्यसमा पार्टीको धारणा के हो अलि चनाखो भएर काम गर्न भनेका छौं,’ उनले भने।

    सेतोपाटी

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, फागुन ११, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.