×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कोरोनाभाइरसको जोखिममा कोरियाका ४० हजार नेपाली

  •  
  • आइतबार, फागुन ११, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दक्षिण कोरियामा कोरोना भइरसको संक्रमण बढ्न थालेपछि रोजगारका लागि गएका करिब ४० हजार नेपाली जोखिममा परेका छन्।

    दक्षिण कोरियास्थित नेपालको राजदूतावासले गत फेब्रुअरी ६ मा कोरोनाभइरसबाट सचेत हुन सूचना जारी गरेको थियो। इपिएस कोरिया शाखाका निर्देशक कृष्ण प्रसाद खनालले भने भाइरसको संक्रमण बढे पनि राजदूतावासले कुनै पत्राचार नगरेको जानकारी दिए।

    हाल दक्षिण कोरियामा ३५ देखि ४० हजार नेपाली कार्यरत रहेको खनालले बताए।

    ‘यो सरकारले सोच्ने विषय हो हामीले केही गर्न सक्दैनौं। संक्रमण फैलिएको धेरै दिन भएको छैन। सरकारले यस बारेमा सोच्दै होला,’ खनालले सेतोपाटीसँग भने।

    हालसम्म समय तालिका अनुसार नै नेपाली कामदार दक्षिण कोरिया गइरहेको उनले जानकारी दिए।

    ‘पछिल्लो २ ओटा ग्रुपलाई हामीले स्वास्थ्य परीक्षण गराएर पठाएका छौं। अर्को ग्रुप १९ गते जाँदैछ,’ उनले भने।

    यो विषयमा विभागले छलफल गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए।

    ‘हामी आन्तरिक छलफलदेखि दक्षिण कोरियाको मानव संसाधन विभागसगँ छलफलमा छौं, संक्रमण भएको स्थानमा कति नेपाली छन्, त्योबारे पनि छलफल गर्दैछौं। सोही बारेमा के गर्ने छिट्टै टुङ्गो लाग्छ,’ उनले भने।

    १९ गते दक्षिण कोरिया जान लागेको टोलीलाई जान दिने कि रोक्ने भन्नेबारे पनि सकेसम्म आजै निर्णय हुने दाहालले जानकारी दिए।

    हाल दक्षिण कोरियामा कोरोनाभाइरसको कारण २ जानाको मृत्यु भइसकेको छ भने ४ सय ४३ जनामा संक्रमण फैलिएको छ।

    चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा संक्रमण पुष्टि भएको र दुई हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ।

    चर्चबाट फैलियो दक्षिण कोरियामा कोरोना, २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह

    दक्षिण कोरियाले कोभिड-१९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ।

    शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड-१९ सँगको लडाइँ गम्भीर मोडमा पुगे पनि त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्ने कुनै गल्ती हुन नदिने बताएका छन्।

    शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ भने दुई जनाको ज्यान गइसकेको छ।

    त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने त्रास फैलिएको छ। डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ।

    यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोनाभाइरस सङ्क्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले बताएका छन्। उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिए।

    ‘अवस्था निकै जटिल छ म सबैलाई सकेसम्म छिटो स्वास्थ्य जाँच गर्न र लक्षणहरू देखिए क्वारेन्टाइनका मापदण्ड अपनाउन आग्रह गर्छु,’ इनले भने।

    प्रधानमन्त्री चुङ से क्युनले यसअघिका सबै प्रयास बाहिरबाट भाइरस आफ्नो देशमा नआओस् भन्नेमा भए पनि अब यसलाई स्थानीय रूपमा फैलिन नदिनमा केन्द्रीत हुने बताए।

    ‘अब हामी आपतकालीन चरणमा आइपुगेका छौं, हाम्रा सबै प्रयास यसलाई फैलिन नदिनेमा हुनेछन्,’ उनले भने।

    कोरियामा यसअघि देखिएका संक्रमितहरूको चीनसँग कुनै सम्पर्क देखिन्थ्यो। यसपालि भने सउलदेखि तीन सय किलोमिटर दक्षिणपूर्वको थेगु सहरबाट यो भाइरस फैलिएको देखिएको छ।

    थेगुमा रहेको एक ठूलो चर्चका सदस्यहरूमा कोभिड-१९ देखिएको छ।

    कोरियाभरि शाखा भएको सिन्चेन्जी चर्चको थेगु शाखामा जानेलाई कोभिड-१९ देखिएको छ। कोरियाभरि संक्रमण भएकामध्ये आधाभन्दा सोही चर्चमा जानेहरू रहेको अधिकारीहरूले बताएका छन्।

    उक्त चर्चमा भाइरस कसरी आइपुग्यो भन्ने खुल्न सकेको छैन।

    थेगु नगरपालिकाका अधिकारीहरूले उक्त चर्चमा प्रार्थना गर्ने दिन १ हजार हाराहारीमा मानिसहरू आउने गरेको बताएका छन्।

    झन्डै २५ लाख मानिस बसोबास गर्ने थेगुमा कोभिड-१९ का बिरामी देखिन थालेपछि थेगुका मेयरले नागरिकलाई घरबाहिर ननिस्कन र घरभित्र पनि मास्क लगाएर बस्न अनुरोध गरेका छन्।

    सबैलाई चर्चमा नजान भनिएको छ भने भेला हुन र्‍याली गर्न पनि प्रतिबन्ध लगाइएको छ। सिन्चेन्जी चर्चको थेगु शाखा बुधबारदेखि बन्द गरिएको छ। उक्त चर्चका अन्य शाखा रहेका प्रान्तका सरकारले पनि प्रार्थना गर्न जानेहरूको पनि स्वास्थ्य परीक्षण गर्ने बताएका छन्।

    राजधानी सउलमा पनि मुख्य प्रदर्शनस्थलहरूमा भेला हुन रोक लगाइएको छ। पार्कहरू बन्द गरिएका छन्। प्रोटेक्टिभ मास्क लगाएका कर्मचारीहरूले सबवे स्टेशनमा औषधी छर्किरहेका छन्।

    कोभिड-१९ दुई जना सैनिक पनि देखिएको छ। कोरियामा ६ लाख सैनिक छन्। ती दुबै जना सैनिक केही दिनअघिमात्रै थेगु गएर फर्किएको बुझिएको छ।

    उनीहरूमा संक्रमण देखिएपछि कुनै पनि सैनिकलाई विदामा घर जान र बाहिर निस्कन रोक लगाइएको छ।

    सेतोपाटी

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, फागुन ११, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.