गोरखा समाचारदाता
दमौली – तनहुँको कमलाबारीमा आज (आईतबार) २ वटा बस एक आपसमा ठक्कर खादा ४३ जना घाईते भएका छन ।
जिल्लाको ब्यास नगरपालिका १२ को कमलाबारीमा दमौलीबाट डुम्रे तर्फ जादै गरेको र डुम्रेबाट दमौली तर्फ आउदै गरेको बस एक आपसमा ठक्कर खादा उत्त संख्यामा यात्रुहरु घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार दमौलीबाट डुम्रे तर्फ जादै गरेको ना. ७ ख २०६ र डुम्रेबाट दमौली तर्फ आउदै गरेको ना. ५ ख २८५६ नम्बरको बस एक आपसमा ठक्कर खादा दुवै बसमा सवार ४३ जना घाईते भएको थियो ।
दुर्घटनामा परी घाईतेहरुलाई जिल्लाको विभिन्न अस्पतालमा उपचारकोलागि पठाइएको छ । सबै घाईतेको अवस्था सामान्य भएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटना लगत्तै दुवै बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


