गोरखा समाचारदाता
स्याङजा – स्याङजामा आज भिन्न स्थानमा २ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी २ जना घाईते भएका छन ।
जिल्लाको भिरकोट नगरपालिका १ को हेलु र वालिङ नगरपालिका ८ को वालिङ मोडमा भएको घटनामा परी २ जना घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय स्याङजाले दिएको जानकारी अनुसार भिरकोट नगरपालिका १ को हेलुमा वालिङबाट पोखरा तर्फ जादै गरेको ग.१ ज ११९९ नम्रबरको ट्याक्सी र पोखराबाट वालिङ तर्फ आउदै गरेको ग. ५ प ७७०५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक पर्वत जिल्ला जलजला गाउँपालिका ४ घर भई पोखरा बस्दै आएका ३४ बर्षि सुजन भन्ने दिपकबहादुर गिरी घाईते भएको थियो ।
गिरीको स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएको छ ।
त्यस्तै गरी वालिङ नगरपालिका ८ को ओम शान्तिटोलको वालिङमोडमा भकुण्डेबाट वालिङ तर्फ आउदै गरेको ग. २ च १३२२ नम्बरको जिप र वालिङबाट भकुण्डे तर्फ आउदै गरेको ग. १३ प ८६३५ नम्रबरको स्कुटर एक आपसमा ठक्कर खादा स्कुटरको पछाडी सवार वालिङ नगरपालिका १० का ५० बर्षिया कमला सेन घाईते भएकी छिन ।
घाईते सेनलाई पनि स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारको लागि पोखरा पठाईएको स्याङजा प्रहरीले जनाएको छ ।
दुवै घटनामा दुर्घटनाम संलग्न भएका सवारी र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


