गोरखा समाचारदाता
म्याग्दी – म्याग्दीको सातविसेमा खोला बिचमा १ महिलाको शव फेला परेको छ ।
जिल्लाको मंगला गाउँपालिका ३ को कसेरी साविसे तर्ने म्याग्दी खोलाको बिच भागमा महिलाको शव फेला परेको हो ।
अन्दाजी ३०-३५ बर्ष जस्तो देखिने उत्त महिलाको अहिले सम्म पनि नाम,थर र वतन खुल्न नसकेको म्याग्दी प्रहरीले जानकारी दिएको छ ।
शवलाई अहिले जिल्ला अस्पतालमा राखिएको छ ।




















