गोरखा समाचारदाता
मुस्ताङ – मुस्ताङमा बेहोस हुदा १ जना मलेसियन नागरिकको ज्यान गएको छ ।
मुस्ताङको विभिन्न स्थानमा घुम्नकालागि गएका उनको मन्दिर दर्शन गरी फर्कने क्रममा बेहोस हुदा ज्यान गएको हो ।
जिल्लाको वारगुङ मुक्ति क्षेत्र गाउँपालिका १ को रानिपौवा स्थित राजलिङम मन्दिर दर्शन गरेर फर्कने क्रममा मलेसियन नागरिक पा.न.८४०८२९०२६ नम्बरका ब्यक्ति अचानक ढली बेहोस भएको र उनलाई जिल्ला अस्पताल जोमसोममा उपचारको लागि ल्याईएकोमा चिकित्सकहरुले मृत्त घोषित गरेका थिए ।
मृत्त मेलिसियन नागरिकको बिषयमा राजदुताबासमा जानकारी गराईएको मुस्ताङ प्रहरीले जनाएको छ ।


