गोरखा समाचारदाता
काठमाण्डौं – सञ्चार प्रविधि तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा.युवराज खतिवडालाई दिईएको छ । खत्रीवडाले आज (आइतबार) मन्त्रालय पुगेर मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।
कमिसनको अडियो प्रकारणपछि गोकुल बास्कोटाले राजिनामा दिएपछि रिक्त रहेको यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डा.खतिवडालाई तोकिएको हो ।
पदभार ग्रहण गर्दै मन्त्री खतिवडाले प्रधानमन्त्री र राष्ट्रपतिले आफूलाई गहन जिम्मेवारी दिएको डा.खतिवडाले बताए । उनले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रलाई सम्मान गर्ने भन्दै प्रेस स्वतन्त्र र निर्भिक हुनुपर्ने धारणा राखेका थिए ।
पदभार ग्रहण गर्दै डा.खत्रीवडाले सूचना प्रविधिको माध्यमबाट शासकीय प्रवन्धलाई पारदर्शी र सञ्चार माध्यमलाई व्यवस्थित गरिने बताए ।




















