गोरखा समाचारदाता
काठमाण्डौं – इरानमा कोरोना भाइरसको सङ्क्रमणबाट ५ जनाको ज्यान गई सकेको छ । शनिबार मात्रै पनि त्यहा थप १ जनाको ज्यान गएको छ ।
अहिलेसम्म इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ। इरानमा १० जना नयाँ कोरोनाका बिरामी फेला परेको सरकारी अधिकारीहरुले बताएका छन् ।
इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरपूर प्रयास गरिरहेको जानकारी दिएका छन ।




















