गोरखा समाचारदाता
दमौली – तनहुँको कमलबारीमा बसले ठक्कर दिदा पैदल यात्रीको ज्यान गएको छ ।
ब्यास नगरपालिका १२ को कमलबारीमा दमौलीबाट डुम्रे तर्फ गएको बसले ठक्कर दिदा पैदलयात्रुको ज्यान गएको हो ।
दिउसो १ः३० बजे भएको उत्त घटनामा ग.१ ख ९६१८ नम्बरको बसले ठक्कर दिदा ब्यास नगरपालिका १२ देउराली थानी गैराकी ४५ बर्षिया विण्णुमायाँ थापाको ज्यान गएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
घटना लगत्तै जिल्ला अस्पताल दमौलीमा उपचार भई रहेको थापाको दिउसो २ः४० बजे ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ ।
घटना लगत्तै पुगेको प्रहरी टोलीले चालक र सवारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।


