गोरखा समाचारदाता
स्याङजा – जिल्लाको घोप्टे भन्ने स्थानमा आगलागी हुदा १ जना बृद्वको जलेर ज्यान गएको छ ।
बिरुवा गाउँपालिका ४ को घोप्टेमा भएको घटनामा परी ८२ बर्षिय जितबहादुर गुरुङ्गको ज्यान गएको हो ।
गोठमा सुतेको गुरुङ्गकोको सोही गोठमा आगलागी हुदा जलेर ज्यान गएको स्याङजा प्रहरीले जानकारी दिएको छ ।
शुक्रबार राती ९ः३० बजेको समयमा भएको उक्त घटनामा गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ । सोही गोठमा सुतेको गुरुङ्गको पनि जलेर ज्यान गएको हो ।
गोठमा के कति कारण आगलागी भएको हो प्रहरीले अनुसन्धान गरी रहेको छ ।




















