गोरखा समाचारदाता
गोरखा – गोरखाको पर्यटन प्रर्वद्वनका लागि बाईक रयालीको आयोजना गरीएको छ ।
जिल्लाको विभिन्न स्थानको ऐतिहासिक तथा पुरातात्विक स्थलको प्रचार प्रसारकालागि रयालीको आयोजना गरीएको हो ।
युथ क्लव अफ गोरखाको आयोजना तथा गोरखा नरपालिका र बारपाक सुलिकोट गाउँपालिकाको सह आयोजनामा गोरखा बजार देखी बारपाक हुदै पुनः गोरखा बजार सम्मको रयाली भएको हो ।
बाईक रयालीको शुभारम्भ गर्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले ‘यो रयालीले गोरखाको समग्र पर्यटन बिकास र आर्थिक समृद्वीको यात्रालाई अगाडी बढाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने’ बताए । उनले ‘गोरखा पर्यटकीय क्षेत्र हुदा हुदै पनि यसको प्रचार प्रसार गर्न नसकेकै कारण हामी पछाडी परेका थियौ । अब यो अभियानले गोरखाको पर्यटकीय स्थलको राष्ट्रिय स्तरमा नै प्रचार प्रसार पाउने’ विश्वास ब्यक्त गरे ।
कार्यक्रममा गोरखामा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यात्राको लागि सहयोगी भूमिका खेलका गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकालाई धन्यबाद दिएका थिए ।
रयालीमा सहभागी हुन राजधानी देखी आएका जेनिस गुरुङ्गलाई उत्त कार्यक्रममा दोसल्लाह, नेपाली डाकाँ टोपी र सम्मान पत्र दिएर सम्मान गरीएको थियो । गुरुङ्ग हालै आयोजित पल्सर क्रस कन्ट्रीमा प्रथम भएका ब्यक्ति हुन । गोरर्खाली गुरुङ्गले रयालीमा समेत सहभागीता जनाएको छ ।
रयालीमा सहभागीहरु आज गोरखा बजार हुदै ध्याम्पेशाल–सुलिकोट–ताकुकोट–सौरपानी–ढोडेनी बजार–बालुवा हुदै बारपाक पुग्ने छन भने भोली बारपाक–बालुवा–नयाँसाँघु–चोरकाटे–छेवेटार बजार–१२ किलो बजार हुदै गोरखा बजार आए पछि कार्यक्रम सम्पन्न हुने छ । रयालीमा सहभागीहरुलाई आजै बारपाकमा हुने कार्यक्रममा भब्य स्वागतको तयारी गरीएको छ ।
रयालीमा सहभागी सबैलाई स्थानिय नेवार महिलाहरुले अण्डा, दही, माछा सहितको सगुन र टिका दिएर बिदाई गरेका थिए ।
रयालीमा सहभागीलाई नगद, मोबाईल र हेल्मेट उपहार
उत्त रयलालीमा १२३ वटा मोटरसाईकल सहभागी भएका छन । भोली हुने समापन कार्यक्रममा सहभागी मध्ये बाट लक्की ड्र मार्फत ३ जनालाई क्रमश.१ लाख, ७५ हजार र ५० हजार नगद दिईने छ भने ५ जनालाई मोबाईल र १० जनालाई हेल्मेट उपहार प्रदान गरीने युथ क्लव गोरखाले जानकारी दिएको छ ।
स्वास्थ्यकर्मी संगै एम्बुलेन्स र मोटरसाईकल मर्मतको ब्यवस्था
रयालीमा हिड्नेहरुको स्वास्थ्यमा समस्या हुन सक्ने भन्दै आयोजकले ३ वटा एम्बुलेन्सको समेत ब्यवस्था गरेको छ । मौषममा परिवर्तन भई रहेको छ त्यस माथि पनि रयालीमा प्रयोग हुने बाटो ग्रामिण क्षेत्र भएका कारण कुनै पनि घटना हुन सक्ने भन्दै स्वास्थ्यकर्मी र एम्बुलेन्सको ब्यवस्था गरेको आयोजकले जानकारी दिएको छ ।
त्यस्तै गरी सहभागीहरुको मोटरसाईकलमा कुनै पनि समस्या आएको खण्डमा मोटरसाईकल मर्मतलागि समेत आयोजकले २ वटा टोली तयार गरेको छ । बिच बाटोमा मर्मतमा समस्या आउने भन्दै आयोजक आफैले २ टोली तयार गरी रयाली संगै मर्मत टोली पनि गएको छ ।



