×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रहरीलाई नेविसंघको चेतावनी : काँग्रेस सरकारमा आएको दिन फुली खोस्छौं

  •  
  • शुक्रबार, फागुन ०९, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार राजधानीमा आफूविरुद्ध प्रहरी प्रशासनबाट भएको धरपकडको विरोधमा प्रदर्शन गरेको छ ।

    निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई कानुनी कारबाहीको माग गर्दै काठमाडौंस्थित प्रदर्शनीमार्गमा भएको आन्दोलनमा प्रहरीको धरपकडबाट नेविसंघ अध्यक्ष र चार जना महामन्त्रीसहित दजनौँ नेता कार्यकर्ता घाइते भएका थिए ।

    त्यसको विरुद्धमा नेविसंघले शुक्रबार प्रदर्शनीमार्गमा गरेको बृहत् विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ अध्यक्ष राजीव ढुंगानाले शान्तिपूर्ण प्रदर्शनमा दमन गर्ने प्रहरी अधिकृतको फुली खोस्ने चेतावनी दिए ।

    ‘फुली थपिने आशामा छात्रामाथि पुरुष सुरक्षाकर्मी लगाएर लाठीचार्ज, कति बहादुर डीएसपी । ओली सत्ताबाट गएको दिन, काँग्रेस सरकारमा आएको दिन तपाईंको फुली खोस्छौं,’ अध्यक्ष ढुंगानाले भने ।

    जनताको तिरोबाट तलब खाने प्रहरीले जनतामाथि नै ज्यादति नगर्न अध्यक्ष ढुंगानाले सचेत गराए ।

    ‘प्रहरीले खाने तलब ओलीले झापाबाट धान बेचेर ल्याएको पैसा होइन, जनताको तिरो हो । जनताको तिरो खाएर जनताको टाउको फुटाउन उद्दत नहुनुस्,’ उनको भनाइ थियो ।

    यस्तै महामन्त्री दीपक भट्टराईले नेविसंघलाई नजिस्क्याउन प्रहरीलाई चेतावनी दिए । उनले भने, ‘नेविसंघलाई जिस्क्याउँदा सरकार र सुरक्षाकर्मीले हेक्का राख्दा हुन्छ, के हुन्छ भनेर । त्यसको ठूलो मूल्य चुकाउनुपर्छ ।’

    बाँस्कोटाले राजीनामा दिँदैमा उन्मुक्ति नमिल्ने भन्दै कानुनी कारबाही अगाडि नबढाउँदासम्म नेविसंघले आन्दोलन जारी राख्ने भटराईले चेतावनी दिए ।

    महामन्त्री मनोज वैद्यले नेविसंघका नेता कार्यकर्तामाथि धरपकड गरेर आन्दोलन सकिन्छ भन्ने भ्रममा नपर्न प्रहरीलाई चेतावनी दिए । उनले भने, ‘प्रहरी धरपकड गरेर आन्दोलन दबाउन सकिन्छ कि भन्ने भ्रममा छ । भ्रम नपाल्नुस् । हामी जस्तोसुकै आन्दोलन गर्न तयार छौं ।’

    यस्तै अर्का महामन्त्री युवराज पाण्डेले महिला नेतृमाथि पुरुष सुरक्षाकर्मी लगाएर दमन गर्ने प्रहरी अधिकृतविरुद्ध मानवअधिकारवादी संगठन गुहार्ने बताए ।

    प्रहरी धरपकडमा अध्यक्ष ढुंगाना, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, युवराज पाण्डे विद्यार्थी नेताहरु सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्का लगायतलगायत दर्जन बढी नेता कार्यकर्ता घाइते भएका थिए ।

    रातोपाटी

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, फागुन ०९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.