×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

स्वास्थ्य सरुवामा मन्त्रीको ‘मनपरी’, न पद मिल्छ न वरिष्ठता

  •  
  • शुक्रबार, फागुन ०९, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दीपक दाहाल

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जिम्मेवारी सम्हालेको पाँचौँ दिन स्वास्थ्य सेवा विभागको निरीक्षणका क्रममा ‘ब्रिफिङ’ लिएपछि दुईवटा कुरा अगाडि सारे ।

    पहिलो– सुन्ने चरणमा छु, जिम्मेवारी हेरफेर गर्न हतार गर्दिनँ ।
    दोस्रो– मन्त्रालय विधिसम्मत ढंगले चलाउँछु ।

    मन्त्री भएको ९२औँ दिन अर्थात् माथिका दुई प्रतिबद्धता गरेको ८६औँ दिन मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयअन्तर्गत विभाग, महाशाखा, केन्द्र र अस्पतालका प्रमुखहरूको जिम्मेवारीमा ‘अर्थपूर्ण’ हेरफेर गरे ।

    दर्जनभन्दा बढी महत्त्वपूर्ण निकायमा नेतृत्व बदल्दै गर्दा ढकालले स्वास्थ्य सेवा ऐन, कर्मचारी समायोजनको समयमा स्वीकृत दरबन्दी संरचना र स्वास्थ्य सेवाप्रवाहको सामान्य सिद्धान्तसमेत मिचिदिएका छन् । अधिकांश जिम्मेवारी राजनीतिक निकटताका आधारमा दिएको पाइएको छ भने ७ निर्देशकलाई स्वीकृत मापदण्डविपरीत समूहान्तरबाट जिम्मेवारी दिइएको छ । प्रमुख सचेतको रूपमा व्यवस्थापिका र कानुनमन्त्रीका रूपमा कार्यपालिकाको समेत परिपक्व जिम्मेवारी सम्हालिसकेका ढकालको पछिल्लो निर्णय विवादित बनेको छ ।

    मन्त्री ढकालले संघीयता कार्यान्वयनका क्रममा ठूलो मिहिनेतले निर्माण गरिएको संगठन संरचना भत्काएका छन् । नयाँ संगठन संरचना ९अर्गानोग्राम० बनाउँदा र कर्मचारी समायोजन पदस्थापनका क्रममा पनि वरिष्ठतालाई आधार लिइएको थियो । मन्त्री ढकालको जिम्मेवारी हेरफेर गर्दा न वरिष्ठता न त मिल्दो पद वा समूहलाई नै ख्याल गरेका छन् । यस हिसाबले बिहीबार स्वास्थ्यमा गरिएको सरुवामा मन्त्रीको मनपरी हाबी भएको छ ।

    संघीय संरचनाअनुसार तीन तहका सरकार बनिरहँदा मन्त्रालय र विभागमा पुनरावलोकन भएको संरचनाविपरीत मन्त्री ढकालले पहिलोपटक स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी गैरचिकित्सक ९हेल्थ इन्स्पेक्सन० समूका महेन्द्र श्रेष्ठलाई सुम्पिएका छन् । परम्परा जे भए पनि १२औँ तह नभएको र महानिर्देशक प्रशासनिक पद भएकाले अनुभवी र अनुकूलको मान्छेलाई लगिएको दाबी मन्त्रीनिकट व्यक्तिहरूको छ ।

    २००७ सालको परिवर्तनपछि लगत्तै बनेको स्वास्थ्य विभागमा पहिलो महानिर्देशक नै चिकित्सक थिए । त्यसयता सम्भवतः सबै महानिर्देशक चिकित्सकमध्येबाटै बनाइएको इतिहास छ ।

    ‘आज डाक्टरको नाममा रहेको एउटा परम्परा र इतिहास पनि वर्तमान सरकारले भत्कायो,’ पूर्वमहानिर्देशक डा। राजेन्द्र पन्तले भने । २०५१ सालमा स्वास्थ्य सेवा विभाग बनेपछि डा। रामानन्द सिंह पहिलो महानिर्देशक बनेको विभागको रेकर्डमा उल्लेख छ ।

    महानिर्देशक १२औँ तहबाट हुने र निमित्त दिँदा नियमतः विभागमै दरबन्दी भएकोमध्ये वरिष्ठतमलाई दिनुपर्ने हो । यस आधारमा डा। पोखरेललाई मन्त्रालय ताने पनि डा। भीमसिंह तिंकरी निमित्त महानिर्देशक हुनुपर्ने चिकित्सकहरू बताउँछन् ।

    विभागको नि। महानिर्देशकको जिम्मेवारीमा रहेका डा। रोशन पोखरेललाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयमा यसअघि समूहअनुसारकै दरबन्दीमा रहेका पब्लिक हेल्थ इन्स्पेक्सन समूहका श्रेष्ठले सम्हाल्दै आएको समन्वय महाशाखाको जिम्मेवारी डा। विकास देवकोटाले पाएका छन् । यसअघि नीति योजना महाशाखामा कार्यरत डा। देवकोटालाई समन्वयमा पठाइएको छ, जहाँ उनको समूह मिल्दैन । डा। देवकोटा जनरल हेल्थ समूहका हुन् ।

    यसअघि देवकोटाले सम्हाल्दै आएको नीति योजना महाशाखामा पनि मेडिकल जनरलिस्ट समूहका डा। गुणराज लोहनीले जिम्मेवारी पाएका छन् ।

    मन्त्रालयबाहिर स्वास्थ्य सेवा विभागअन्तर्गतका राष्ट्रिय तालिम केन्द्रको जिम्मेवारी पनि एकीकृत स्वास्थ्य चिकित्सा समूहका डा। यदुचन्द्र घिमिरेलाई दिइएको छ । पदअनुसारकै दरबन्दीमा भेक्टर बोन डिजिज कन्टोल एन्ड रिसर्च सेन्टरमा कार्यरत घिमिरेको ठाउँमा आफ्नै पद–समूहकै दरबन्दीमा तालिम केन्द्रमा रहेका मोहोमद दाउदलाई पठाइएको छ ।

    त्यसैगरी, विश्वव्यापी रूपमा कोरोनाको त्रास व्याप्त रहेको अवस्थामा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत नेतृत्व फेरिएको छ । महाशाखामा पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहको दरबन्दी भए पनि सोही समूहका डा। विवेकलाल कर्णलाई हटाएर जनरल हेल्थ समूहका डा। वासुदेव पाण्डेलाई ल्याइएको छ । डा। कर्णलाई भने समूह नै मिल्ने ठाउँ राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा लगिएको छ ।

    त्यसैगरी, पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूहको दरबन्दी रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा डा। रमेश खरेललाई जिम्मेवारी दिइएको छ । जनरल हेल्थ समूहका डा। खरेल यसअघि सार्क टिबी एन्ड एअआइभी सेन्टरमा थिए । सो सेन्टरको जिम्मेवारी यसअघि एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा रहेका डा। अनुज भट्टचनलाई दिइएको छ ।

    गैरचिकित्सक महानिर्देशकको असर
    हालसम्म चिकित्सक नै महानिर्देशक हुने परम्परा रहे पनि स्वास्थ्य नियमावलीमा चिकित्सक नै हुनुपर्ने स्पष्ट उल्लेख छैन । यद्यपि, महानिर्देशक १२औँ तहको हुने व्यवस्था भने छ । १२औँ तह नहुँदा ११औँ तहका वरिष्ठतम चिकित्सकलाई महानिर्देशक दिने परम्पराविपरीत ढकालले गैरचिकित्सकलाई महानिर्देशक बनाएपछि स्वास्थ्य सेवाप्रवाहमै समस्या पैदा हुन सक्ने पूर्वमहानिर्देशकहरू बताउँछन् ।

    ‘देशभरका अस्पतालका प्रमुख, महाशाखा र केन्द्रका प्रमुखहरू डाक्टर हुने अवस्थामा समान तहको तर गैरचिकित्सक मान्छेले काम लगाउन अप्ठ्यारो पर्छ,’ पूर्वमहानिर्देशक डा। सुशीलनाथ प्याकुरेलले भने, ‘गैरचिकित्सकलाई नै महानिर्देशक दिँदा पनि १२औँ तहको भएको भए हुन्थ्यो ।’

    पूर्वनिमित्तमहानिर्देशक डा। राजेन्द्र पन्तले पनि बीचमा केही वर्ष विभाग खारेज भए पनि २००७ सालदेखि नै चिकित्सक नै महानिर्देशक हुने परम्परा तोडिएको भन्दै दुःख व्यक्त गरे । ‘जस्तो अवस्थामा पनि कम्तीमा डाक्टर महानिर्देशक हुने व्यवस्था भत्किएको थिएन,’ डा। पन्तले भने, ‘यसले स्वास्थ्य सेवामा कार्यरत समग्र चिकित्सकको मनोबल घटाउँछ ।’

    मुलुकमा प्रजातन्त्रको उदयपछि सुरुमा डा। यज्ञराज जोशी विभागको महानिर्देशक बनेका थिए । २०५१ सालको नियमावलीपछि पनि डा। रामानन्द सिंह महानिर्देशक बनेका थिए । यसबीचमा नियमानुसार १२औँ तहको दरबन्दी भएकाले १२औँ तहका व्यक्ति भएको सन्दर्भमा जुनसुकै समूहका व्यक्तिलाई महानिर्देशक बनाउन सकिने र १२औँ तह नहुँदा विभागमा दरबन्दी भएकामध्ये वरिष्ठतमलाई निमित्त दिनुपर्ने हो ।

    कोरोनासँग जुधिरहँदा रोग नियन्त्रण महाशाखासहित सरुवारोग अस्पतालसम्म व्यापक हेरफेर
    पछिल्ला दिनमा चीनमा कोरोना भाइरसले महामारीको रूप लिइरहेको र विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको समयमा महत्त्वपूर्ण निकायमा एकैपटक ठूलो हेरफेर गर्नु अविवेकी कदम भएको टिप्पणी विज्ञहरूको छ । मन्त्रीले महामारीसँग जुध्न तयारी गर्नुपर्ने र चीनबाट फर्काएकाहरू क्वारेनटाइनमै रहेको अवस्थामा विभागको महानिर्देशक, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक र सरुवारोग अस्पतालको समेत निर्देशक एकैपटक बदल्ने निर्णय गरे ।

    पूर्वमहानिर्देशक डा। प्याकुरेलले महामारीको समयमा महत्त्वपूर्ण निकायको नेतृत्व इनट्याक्ट राखेर तयारी थाल्नुपर्नेमा एकैपटक ठूलो परिवर्तन सुझबुझपूर्ण हुन नसक्ने बताए । ‘देशभरका डाक्टर, स्वास्थ्यकर्मी, अस्पतालसँग समन्वय गर्नुपर्ने समयमा गैरडाक्टर नेतृत्वलाई टेरेनन् भने अवस्था के हुन्छ रु’ उनले प्रश्न गरे ।

    हेल्थपोष्ट

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, फागुन ०९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.