×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पेशेवर अपराधीलाई फलिफाप प्रजातन्त्र दिवस !

  •  
  • शुक्रबार, फागुन ०९, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    दीपक खरेल

    काठमाडौंका जावेद खानको जेलयात्रा पहिलो थिएन। उनी २७ मंसीर २०७२ मा एकै प्रकारको कसूरमा दोस्रो पटक पक्राउ परेर नख्खु कारागारमा थिए। केन्द्रीय अनुसन्धान ब्यूरोको ‘हिट लिस्ट’ मा रहेका जावेद नेपालमा अवैध कल बाइपास (भीओआईपी) का मास्टर माइन्ड हुन्।

    उनी बाङ्लादेशी समूहसँग मिलेर देशका विभिन्न भागमा अवैध कल बाइपासको सञ्जाल विस्तारमा सक्रिय प्राविधिक हुन्। ब्यूरोले संचालन गरिरहेको ‘अप्रेसन भोइस फक्स’ मा यिनै जावेद पक्राउ परेपछि घटना नयाँ उँचाइमा पुगेको थियो।

    उनै जावेदका लागि यसपटकको प्रजातन्त्र दिवस (७ फागुन २०७६) फलिफाप भयो। जावेदकोे सजाय सरकारले माफ गरेसँगै उनी त्यही दिन जेलमुक्त भए। जावेद विरुद्ध दूरसंचार हानिनोक्सानी मुद्दामा सजाय फैसला भएको थियो। यही कसूरमा काठमाडौं जिल्ला अदालतले जावेदलाई २५ जेठ, २०७१ मा १ लाख रुपैयाँ जरिवाना तथा दुई वर्ष जेल सजाय तोकेको थियो। उनी सजाय भुक्तान गरेर रिहा भएको केही दिनमा पुनः पक्राउ परेका थिए।

    जावेद मात्र होइन, अघिल्ला वर्षमा जस्तै यसपटकको प्रजातन्त्र दिवसमा कारागारमा रहेका पेशेवर अपराधीहरूका लागि फलिफाप भएको सरकारको सजाय माफी सूचीले देखाउँछ।

    सरकारले कारागार, स्थानीय प्रशासन, कारागार व्यवस्था विभाग, प्रधानमन्त्री कार्यालयको चरण पार गरेर ३ सय २९ जना बन्दीलाई सजाय माफीको निर्णय सिफारिसका लागि राष्ट्रपति कार्यालयमा पठाएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ३ सय १० पुरुष र १९ जना महिला कैदीको सजाय माफीमा लालमोहर लगाएपछि उनीहरू रिहा भए।

    तर, रिहा हुने सूचिमा जावेद जस्ता पेशेवर र खुँखार अपराधीको संख्या धेरै छ। त्यसैले होला गृह मन्त्रालयले व्यक्तिगत सूचना भन्दै यसरी आममाफी पाउनेहरूको सूचि सार्वजनिक गर्दैन। यसवर्ष त मन्त्रालयले संख्या सहितको सूचना समेत सार्वजनिक गरेन।

    जावेद जस्तै काठमाडौंमा पेशेवर समूह बनाएर हत्या, लुटपाट र धाकधम्कीमा सक्रिय गिरोहका नाइके निरज केसीले समेत सजाय माफी पाए। उनी केन्द्रीय कारागार जगन्नाथदेवलमा सजाय भुक्तान गरिरहेका थिए।

    उनी विरुद्ध २७ चैत, २०६७ मा काठमाडौं गणबहालस्थित एभी इन्टरप्राइजेजका संचालक भारतीय अञ्जनीकुमार चाचनको गोली हानी हत्या गरेको आरोप प्रमाणित भएको थियो। महानगरीय अपराध महाशाखाले घटनाको ४ वर्षपछि केसीलाई पक्राउ गरेको थियो।

    उनी विरुद्ध चाचन हत्या बाहेक १७ कात्तिक, २०६७ मा ठमेलमा बौद्ध भिक्षु निमा लामालाई गोली प्रहार गरी १० लाख लुटपाट र १० चैत, २०६७ मै टेकूस्थित एक्साइड ब्याट्रीको शो रुममा कार्यरत प्रेमकृष्ण महर्जन र सुदीप बस्याललाई गोली प्रहार गरेको आरोप प्रमाणित भएको थियो। यो घटनामा महर्जनको उपचारका क्रममा मृत्यु भएको थियो।


    १५ फागुन, २०६८ मा बबरमहलमा बम विस्फाेटपछिकाे दृश्य

    केसी जस्तै १५ फागुन, २०६८ मा बबरमहलस्थित आयल निगमको केन्द्रीय कार्यालय बाहिर शक्तिशाली बम पड्काएर तीनजनाको ज्यान लिएको आरोपमा प्रहरीले पक्राउ गरेर अदालतले कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र हातहतियार खरखजाना मुद्दामा कैद फैसला गरेका कुमार विश्वक्रान्ति भनिने देवराज लामा धनकुटाले पनि असल चालचलन भएको भन्दै सजाय माफी पाए। आफूलाई कुमार विश्वक्रान्ति भन्दै चिनाउने लामाको घर धनकुटा नगरपालिका– १ हिले बजार हो।

    उनले बम पड्काएको केही घण्टापछि संचारमाध्यममा फोन गर्दै आफूले बम पड्काएको सूचना दिएका थिए। देवराज लामाकै समूहका बम काण्डमा संलग्न बुद्धिबहादुर गोले समेतले कैद सजाय माफी पाएका छन्। देवराज नख्खु र बुद्धिबहादुर केन्द्रीय कारागारमा थिए।

    कारागार व्यवस्था विभागका महानिर्देशक गजेन्द्रबहादुर श्रेष्ठ कारागार ऐनको व्यवस्था अनुसार यसपटकको प्रजातन्त्र दिवसका अवसरमा सजाय माफीको सिफारिस भएको दाबी गर्छन्। उनले कारागार हुँदै प्रधानमन्त्री कार्यालयसम्मले हेरेर सजाय माफीको निर्णय हुने बताए।

    “हामीले ऐन र नियममा भएको व्यवस्था अनुसार निर्णय गर्ने हो,” श्रेष्ठले भने, “प्रधानमन्त्री कार्यालयसम्मले हेरेको हुन्छ, कसको अपराध के भन्ने थाहा हुँदैन।”


    देवराज र जावेद रिहा गर्न कारागारले लेखेकाे पत्र
    हिमालखबरलाई काठमाडौं उपत्यकाका केन्द्रीय कारागार, भद्र गृह, महिला कारागार, सदरखोर डिल्लीबजार र नख्खु कारागारबाट कैद माफी पाउनेहरूको सूचि प्राप्त भएको छ। यो सूचि अनुसार केन्द्रीय कारागारका महिला र भद्र जेल जगन्नाथ देवलमा रहेका २६ कैदी, सदरखोरबाट २ र नख्खु कारागारबाट १२ जना कैदी कारागार मुक्त भए। यसरी उपत्यकाका प्रमुख तीन कारागारबाट सजाय माफी पाउने ४० मध्ये १६ जना प्रहरीले लामो अनुसन्धान र रकम खर्चेर पक्राउ गरेका अपराधीहरू छन्।

    कारागार व्यवस्था विभागको चलानी नम्बर १३२१ नम्बरको पत्रका आधारमा नख्खु कारागारले सजाय माफी दिएका जावेद, देवराज लामा, गोविन्द टमटा र श्यामबहादुर मगर पेशेवर हुन्।

    नख्खु कारागार कार्यालयले सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस नख्खुलाई ७ फागुनमा लेखेको पत्रपछि दूरसंचार हानिनोक्सानीका जावेद खान काठमाडौं, सवारी ज्यानका विनय तामाङ बारा, कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र हातहतियार खरखजाना मुद्दाका कुमार विश्वक्रान्ति भनिने देवराज लामा धनकुटा र सवारी ज्यान मुद्दाका प्रेम शाह भारत थुनामुक्त भएका छन्।

    यस्तै नख्खु कारागारमै रहेका डाँका चोरीका सरोज भनिने गोविन्द टमटा कामी जुम्ला र सोनम जनक भनिने जितबहादुर बज्यु सिन्धुली तथा कर्तव्य ज्यान मुद्दाका भारतीय नागरिक रामवली पासवान सजाय माफी पाएर छुटे।

    विभागको सोही पत्रको आधारमा कर्तव्य ज्यान मुद्दाका हमाल भनिने सोमबहादुर तामाङ नुवाकोट, सनत ढुंगेल, खेमबहादुर मिङगचिङग भनिने श्यामबहादुर मिङगचिङग मगर सिन्धुली, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र आगलागीका इमान तामाङ र सवारी ज्यान मुद्दाका रंजित पञ्जियार समेतले माफी पाएका हुन्।

    कारागार नियमावली अनुसार जीउ मास्ने बेच्ने, जबरजस्ती करणी, कैदबाट भागे भगाएको, भन्सार चोरी निकासी पैठारी, लागुऔषधिको कारोबार, भ्रष्टाचार सम्बन्धी र जासूसी सम्बन्धी कसूर प्रमाणित भए बाहेकका हकमा कारागारले उसको चालचलन असल देखेमा स्थानीय प्रशासनलाई सिफारिस गर्छ। प्रशासनले विभाग, विभागले गृह मन्त्रालय र मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा फाइल सदरका लागि पठाउँछ।

    तर, यसरी सुरुवाती चरणमै कारागारबाटै असल चालचलन भन्दा पहुँच र पैसाका आधारमा सिफारिसको क्रम शुरु हुने नख्खु कारागारमा रहेका एकजना कैदी दाबी गर्छन्। उनका अनुसार कैद सजाय माफीका लागि यसपटक नख्खुले सिफारिस गरेका १८ जना कैदीमध्ये अधिकांश पैसा र पहुँचका आधारमा सिफारिस गराउन सफल भएका हुन्।


    नख्खु कारागारले ललितपुर प्रशासनमा पठाएकाे सिफारिस पत्र
    “कैदीहरूको सजाय माफी सिफारिस न्यायपूर्ण भएन भनेर प्रजातन्त्र दिवसपछि विभिन्न जेलबाट उजूरी निवेदन विभागमा पुग्छ,” ती कैदीले भने, “यसको कुनै सुनवाइ हुँदैन अर्को वर्ष त्यही दोहरिन्छ।”

    यी कैदीको भनाइलाई नख्खु कारागारले २२ भदौ, २०७६ मा जिल्ला प्रशासन कार्यालय ललितपुरलाई लेखेको पत्रले समेत पुष्टि गर्छ। कारागारले १८ जनाको चालचलन राम्रो भएको भन्दै सजाय माफीका लागि सिफारिस गरेको पत्रमा खुँखार तथा पटकपटक एउटै कसूरमा पक्राउ पर्दै छुटेका डाँका मुद्दाका कसूरवार हरि डेनी भन्ने गगनसिंह तामाङ र सम्धी भन्ने राम लामा समेत थिए। यद्यपि प्रशासनले यी सहित ६ जनाको नाम भने सजाय माफीका लागि सिफारिस गरेन।

    नख्खु कारागारका सूचना अधिकारी नरेन्द्र परियार कारागारले नियमावलीको व्यवस्था अनुसार सजाय माफीको सिफारिस गर्ने तर यसका लागि उसको अपराधको गम्भीरता नहेर्ने स्वीकार्छन्।

    “हामीले होलसेलमा हेछौं,” परियारले भने, “उसको अपराधको प्रभाव अध्ययन माथिल्लो निकायले गर्ने हो।”

    हिमाल खबर

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शुक्रबार, फागुन ०९, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.